बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
समाचार

थापाथली चोकमा आशिका तामाङले ट्राफिक प्रहरीसँग वादविवाद गर्नुको कारण के थियो?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
थापाथली चोकमा आशिका तामाङले ट्राफिक प्रहरीसँग वादविवाद गर्नुको कारण के थियो?
काठमाडौं, जेठ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच बुधबार दिउँसो थापाथली चोकमा वादविवाद भएको छ।

दिउँसो करिब ३ बजेतिर  आशिका संसद् बैठकबाट फर्कँदै गर्दा थापाथली चोकमा ट्राफिक प्रहरीले हरियो बत्ती बल्दा पनि गाडी अघि बढ्न नदिएको भन्दै उनी रुष्ट बनेकी थिइन्। हरियो बत्ती बलेपछि उनी चढेको गाडीको ड्राइभरले गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले रोकेका थिए। त्यतिबेला जेब्रा क्रसिङमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए ।

ट्राफिक प्रहरीसँग केहीबेर वादविवाद भएपछि आशिका यस्तो अन्याय पनि हुन्छ भन्दै गाडीबाट उत्रिएकी थिइन्। भिडियोमा  हरियो बत्ती बलेपछि पनि ट्राफिक प्रहरीले गाडी अघि बढ्न नदिएपछि आशिका रुष्ट बनेकी देखिन्छ ।

ड्राइभर छेउको सिटमा बसेकी आशिकाले  झ्याल खोलेर ट्राफिकलाई बोलाइन् र हरियो बत्ती बलेपछि मान्छे किन कन्ट्रोल नगरेको भनेर प्रहरीलाई प्रश्न गरेको देखिन्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार