बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

प्रधानमन्त्री उपस्थित नभएपछि संसद्‌मा विपक्षीको नाराबाजी

प्रधानमन्त्रीले सभामुखको कुरा पनि मानेनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री उपस्थित नभएपछि संसद्‌मा विपक्षीको नाराबाजी
काठमाडौं, जेठ ७ :

प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गर्दै नाराबाजीसहित वेल घेराउ गरेका छन् । 

बिहीबार बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधबीच प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्रीलाई विधेयक प्रस्तुत गर्न दिएपछी एमाले, नेकपा, राप्रपालगायत विपक्षी दलहरूका सांसदहरु वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै पहिलो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका थिए । विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोजेर विरोध गरेपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री शाहलाई सदनमा विपक्षीको मागको बारेमा जानकारी गराउँदै सभामुखले सदनमा उपस्थितिका लागि आग्रह गर्दा सकारात्मक जवाफ नपाएपछि फर्केर संसद् बैठक सुरु गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार