काठमाडौं, जेठ ११ :

शृङ्गेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजी सोमबार चन्द्रागिरि हिल्स पुग्नु भयो। त्यसक्रममा उहाँले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना गर्नुभएको थियो।

जगद्गुरु शङ्कराचार्यले चन्द्रागिरि हिल्सलाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गरिएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको बताउनुभयो।

हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो तथा शान्त वातावरण र काठमाडौँ उपत्यकाको मनोरम दृश्यले आफूलाई मोहित बनाएको उल्लेख गर्दै उहाँले केबलकार यात्रालाई अत्यन्तै स्मरणीय अनुभवका रूपमा वर्णन गर्नुभयो।

जगद्गुरु शङ्कराचार्यसहितका विशिष्ट अतिथिहरूलाई हेमराज ढकाल, संस्थापक तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

जगद्गुरु शङ्कराचार्य जेठ १५ गतेसम्म नेपालको धार्मिक तथा सांस्कृतिक भ्रमणमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उहाँले उपत्यकाबाहिर रहेका विभिन्न मठ–मन्दिरको दर्शन गर्नुका साथै मुक्तिनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

र यो पनि

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा बुढानीलकण्ठसहित विभिन्न मठमन्दिरको दर्शन

नेपाललाई ‘अति पवित्र भूमि’ भन्दै जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा प्रशंसा

जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा नवनिर्मित बाल अस्पताल भवनको उद्घाटन