काठमाडौं, जेठ १९ :
पटक-पटक जुट्दै र फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पुन: फुटको डिलमा उभिएको छ ।
नेता धवल शमशेर राणाको नेतृत्वको असन्तुष्ट पक्ष नयाँ दल गठन गर्ने निर्क्योलमा पुगेको छ । आज बसेको बैठकले मलमास सकिएलगत्तै नयाँ दल गठन गर्ने निर्णय गरेको हुँदा यो दल फुट्ने करिब निश्चित जस्तै छ ।
नयाँ बन्ने पार्टीमा धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पनि सहभागी गराइने तयारी भएको छ । आजको बैठकमा पनि प्रसाईंको उपस्थिति थियो ।
राप्रपालाई जनभावना अनुकूल अघि नबढाएको भन्दै राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए । लिङ्देनको नेतृ्त्वमा पार्टीले सही दिशा लिन नसक्ने भन्दै उनले जेठ १७ गते पार्टी परित्यागको घोषणा गरिसकेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक