बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
राजनीति प्रदेश मधेस प्रदेश

कांग्रेस अनुशासन समितिद्वारा बारा जिल्ला सभापति यादवलाई निलम्बन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ जेठ, २०८३ मा प्रकाशित
कांग्रेस अनुशासन समितिद्वारा बारा जिल्ला सभापति यादवलाई निलम्बन
काठामाडौं, जेठ २१ :

नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको वैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानबिन पश्चात सर्लाहीका प्रदेशसभा सदस्यहरु सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन दिएको छ ।

त्यस्तै बैठकले वारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) का उपर परेको उजुरीको सम्बन्धमा स्पष्टिकर सोध्दा सन्तोषजनक जवाफ आएकाले थप कारबाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाई पाउने ठहर गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार