आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

रास्वपा महोत्तरी जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ जेठ, २०८३ मा प्रकाशित
रास्वपा महोत्तरी जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित
महोत्तरी, जेठ २४ :

चर्को विवादका कारण रास्वपा महोत्तरी जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । आन्तरिक विवाद झन् चर्किएपछि अधिवेशन स्थगित गरिएको हो । नगर तथा क्षेत्रीय अधिवेशनदेखि नै विवाद सुरु भएको थियो । विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ ।

अधिवेशनका बाँकी सबै कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ। क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा उम्मेदवारी, प्रतिनिधि छनोट र नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच चर्को विवाद भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार