बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रास्वपा महाधिवेशन : पहिलो चरणको मतदान सकियो, दोस्रो चरणको सुरु

तीन हजार ९५० मत खस्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ असार, २०८३ मा प्रकाशित
रास्वपा महाधिवेशन : पहिलो चरणको मतदान सकियो, दोस्रो चरणको सुरु
काठमाडौं, असार ११ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज राति १२ः०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२ः३० बजे सम्पन्न भएको हो । 

रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ ।  

विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।  चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ । 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार