बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार भिडियो

रास्वपा पार्टी कार्यालयमा दृष्टिविहीनको प्रदर्शन

कार्यालयभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोक्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ असार, २०८३ मा प्रकाशित
रास्वपा पार्टी कार्यालयमा दृष्टिविहीनको प्रदर्शन
काठमाडौं, असार १७ :

विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय बनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरुले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् । रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले सुरक्षाकर्मीहरुले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् ।

सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगाएत विभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरुको भनाइ छ । केही दिनदेखि उनीहरुले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार