
काठमाण्डौँ, साउन १८: काठमाण्डौँ महानगरपालिका-९ सिनामंगलको झर्ना गेस्ट हाउसमा आज एक महिला र एक पुरुष मृत फेला परेका छन्।
मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
उक्त होटलमा उनीहरु साउन १५ देखि बस्दै आएको खुलेको काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको उहाले बताउनुभयो।