बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

कांग्रेस नेता बस्नेतद्वारा गणेश नेपालीको परिवारलाई एक लाख सहयोग

महानगरले सहयोग नगरे बच्चालाई स्नातकसम्म निःशुल्क पढाउने वचन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
कांग्रेस नेता बस्नेतद्वारा गणेश नेपालीको परिवारलाई एक लाख सहयोग
फाइल तस्बिर ।
काठमाडौं, असार २८ :

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुगेका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो अर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको अर्थिक अवस्था कमजोर रहेको कारण आफूले तत्काल नगद १ लाख सहयोग गरेको बताए । उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिए।

नेता बस्नेतले यस अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए । नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तराष्टिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी सधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेता बस्नेतले सरकारले वास्तविक सुकुम्बासीहरुको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे। उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए । नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रीत भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार