बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
राजनीति

सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्यो : दुर्गा प्रसाईं

विकृतिका विरुद्ध निरन्तर आवाज उठाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्यो : दुर्गा प्रसाईं
काठमाडौं, असार २८ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्

निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यावहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउदै गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । 

प्रसाईंले  जनताले जुन आशा र भरोसाका साथ भोट दिएर नयाँ नेतृत्व ल्याए, अहिले उनीहरूबाटै गरिब र उत्पीडित वर्गको उठिबास लगाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे।  प्रसाईंले देशमा कुनै पनि पूर्वाधार र बाटोघाटोको राम्रो व्यवस्था नभएको अवस्थामा सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य पारिएको जिकिर गरे ।

प्रसाईंले आफू कुनै पनि कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर व्यवस्थाको विकृतिका विरुद्ध र सर्वसाधारणको हकअधिकारका निम्ति आफ्नो लडाइँ र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए ।

 प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले प्रसाईंलाई कार्यक्रम गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार