सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बीपी राजमार्गमा आज साँझदेखि ठूला सवारी चल्ने

· सोमबार, २९ असोज, २०८१ मा प्रकाशित
बीपी राजमार्गमा आज साँझदेखि ठूला सवारी चल्ने
काठमाण्डौँ , असोज २९ :

बीपी राजमार्गमा आज साँझबाट ठूला सवारी साधन चल्ने भएका छन् । 

बाढीपहिरोको कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्रयाक खुलाएर केही दिन अघिदेखि साना सवारी साधन चल्दै आएकोमा आजदेखि ठूला सवारी साधन चलाउन लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न दिन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

सुख्खा पहिरो झर्ने भएकाले रातिको समयमा भने उक्त सडकमा यात्रा नगर्न समेत अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार