काठमाडौ, साउन ५ :
काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक खाजाघर सञ्चालन गर्दै आएकी एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।
काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
उनले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भईरहेको छ ।
अस्पतालका निर्देशक डा किरण नकर्मीले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।
घरायसी झगडापछि उनले आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।