काठमाडौं, साउन १३ :

सुनसरीको देवानगञ्ज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो।

बैठकमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्म राज आङ्देम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राप्रपाका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई लगायत नेताहरू सहभागी छन्।

बैठकमा देवानगञ्ज घटनाको समीक्षा,सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।