आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

भद्रकालीमा एक्कासी रुख ढल्दा आमा र छोरा घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
भद्रकालीमा एक्कासी रुख ढल्दा आमा र छोरा घाइते
काठमाडौं, साउन १८ :

काठमाडौंको भद्रकालीमा रुख ढलेर लाग्दा आमा र छोरा घाइते भएका छन् । मोटरसाइकलमा सवार उनीहरुको टाउको र ढाडमा चोट लागेको छ । मोटरसाइकलमा गइरहेका राजेश प्रसाद यादव र पछाडि बसेकी उनकी आमा वर्ष ६९ की गायत्री देवी यादव घाइते भएका हुन् । 

छोराको टाउको र ढाडमा तथा आमाको दाहिने घुँडा र दाहिने हातमा चोट लागेको छ । नजिकै रहेको सेना र प्रहरीको सक्रियतामा रुख हटाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार