आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए रकम फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं, साउन २० :

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका सदस्य सचिव रविन ढकालअनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार