शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की #दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की
राजनीति

कांग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको हो : शशाङ्क कोइराला

‘देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
कांग्रेसलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको हो : शशाङ्क कोइराला
काठमाडौं, साउन २९ :

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । उनको संयोजकत्वमा आजदेखि यहाँ सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा डा कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गरे ।

“कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन् । यही नै भेलाको मुख्य उद्देश्य हो”, उनले भने । उनले बिहीबार मात्र पाँच महिनापछि स्वस्थ्योपचार गरी  स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको बताए ।

डा कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँग भारतको बनारसमा पहिलो पटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसङ्ग स्मरण गरे । उनले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको र उनकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गरे । कांग्रेसको संस्थापनइतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेला सयौँ नेता कार्यकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार