आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
काठमाडौं, भदौ ५ :

निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ देखि १ बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ ।

विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । 

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् । उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार