काठमाडौं, भदौ ६ :

जघन्य अपराधको सिकार बनेकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीका परिवारसँग गृह मन्त्रालयमा वार्ता जारी छ ।

गरिमाको परिवारसँग छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुराक्षामन्त्री सीता बादी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सांसद रहवर अन्सरी सहभागी भएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

छोरीको न्यायका लागि गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आएका हुन् । गरिमाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो ।