
हेटौंडा, भदौ ८ :
राप्रपाले पार्टीका बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाएको छ। बागमती प्रदेश राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले थापालाई पदमुक्त गर्ने पार्टीको औपचारिक पत्र आज उपभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन् ।
दल नेता थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए।बागमती सरकारमा सहभागी नहुन र मुख्यमन्त्रीलाई समर्थन नगर्न राप्रपा केन्द्रले निर्देशन दिएको थियो। बागमतीमा एमाले नेतृत्वमा सरकार बनेको छ। सरकारमा राप्रपाका ३ मन्त्री छन्।