शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति प्रदेश बागमती प्रदेश

मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
हेटौंडा, भदौ ८ :

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध दायर दुई छुट्टाछुट्टै रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले विपक्षीहरूलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। अदालतले त्यसबारे निर्णय गर्न दुवै पक्षलाई भदौ १० गते छलफलका लागि बोलाएको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिटमा मुख्यमन्त्री नियुक्तिको आधार बनेको राप्रपाको समर्थन विवादित रहेको र संविधानविपरीत नियुक्ति गरिएको दाबी गर्दै नियुक्ति बदरको माग गरिएको छ।

मुख्यमन्त्री थापामगरले भने एमाले, नेकपा र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसैबीच, मुख्यमन्त्री थापामगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजेका लागि बोलाइएको बैठक भने अझै सुरु भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार