शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
प्रदेश कोसी प्रदेश

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

पक्षमा ५७ र विपक्षमा २२ मत पर्‍यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर, भदौ ८ :

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा कार्कीको पक्षमा ५७ र विपक्षमा २२ मत परेको हो।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले मतदान गरेका थिए भने नेपाली कांग्रेसका सांसद विपक्षमा उभिए। राप्रपाका सांसद भने तटस्थ बसे।

कोसी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। राप्रपाका सभामुखसहित ५ सदस्य छन् भने जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्। सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित थिए। ९३ सदस्यीय प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार