बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद क्रिकेट

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
काठमाडौं, भदौ ८ :

अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।  यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।

नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे ।

नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए ।  विपिन खत्रीले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो ।  नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार