आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

नेपाल ए र अष्ट्रेलियन क्यापिटलबीच आज प्रतिष्पर्धा हुदै, नेपाली टोली दोस्रो जितको खोजीमा

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
नेपाल ए र अष्ट्रेलियन क्यापिटलबीच आज प्रतिष्पर्धा हुदै, नेपाली टोली दोस्रो जितको खोजीमा
काठमाडौं, भदौ १० :

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ ।

यी दुई टोलीबीचको खेल आज अपराह्न ३: १५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।

उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।  

यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार