बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति अर्थतन्त्र

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विश्व बैंकले २५ अर्ब सहयोग गर्ने

भारत र चीनले पनि नगद र आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विश्व बैंकले २५ अर्ब सहयोग गर्ने
काठमाडौं, भदौ १० :

भोटेकोसी नदीमा गएको बाढीले अपुरणीय क्षति पुर्‍याएपछि बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि विभिन्न दातृ निकायले आर्थिक सहयोग गर्न तत्परता देखाएका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सचिवालयका अनुसार नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेको जनाएको छ ।

विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री वाग्लेसँगको कुराकानीमा विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप नेपाललाई रु २५ अर्ब सम्म  सहयोग गर्न सकिने जानकारी दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन अनुरोध गरेको बताइएको छ ।

प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए।

त्यसैगरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ । त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री वाग्लेले छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको बताइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार