काठमाडौँ, कात्तिक ३ :

साफ महिला फुटबल च्याम्पियनसिपमा अहिले नेपाल र भुटान खेल्दैछन ।

प्रतियोगिताको दोस्रो दिन आज घरेलु टोली नेपालले केहीबेरमा भुटानको सामना गर्न लागेको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुरु हुने खेलमा नेपाली टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्दैछिन । नेपाली टोलीमा पूजा राना, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटी, सरु लिम्बू, रश्मीकुमारी घिसिङ, गिता राना, प्रिति राई, सबिता रानामगर र अमिसा कार्की रहेका छन ।

च्याम्पियनशीप अन्तर्गत आज दिउँसो नेपालकै समूहको भएको पहिलो खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।

आज भएको समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गर्दै पहलो जित दर्ता गराएको हो ।

श्रीलंकाको लागि इमिशा अनुराधिनीले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै श्रीलंकाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।