बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

प्रधानमन्त्रीले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

जलवायु परिवर्तनबाट सिर्जित प्रकोपबाट भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
काठमाडौं, भदौ २६ :

प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ले  असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाहले महासभामा  जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको राईले बताए ।

सेप्टेम्बर  २२देखि २८सम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभाको जनरल डिबेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । महासभामा ८१ मुलुकका राष्ट्र प्रमुख र ५० मुलुकका सरकार प्रमुख सहभागी हुने छन् ।

नगन्य कार्बन उत्सर्जन गरेतापनि नेपालले ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषय उनले विश्वसमक्ष प्रस्तुत गर्ने छन् । न्यूयोर्कमा हुने महासभामा सहभागी हुन प्रधानमन्त्री शाहलाई मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार