गुल्मी, असोज २१ :
खेतमा पानी लगाउन गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन् ।
हिजो दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्क विहीन भएपछि आफन्त तथा छरछिमेकले खोजी गरेका थिए । खोजीका क्रममा आज बिहान सिमलचौरस्थित आफ्नै खेत नजिकै विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।