शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नयाँ बसपार्कमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर

दशैमा उपत्यकाबाहिर जाने यात्रुहरूको सहजता र स्वास्थ्य सुरक्षालाई मध्यनजर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
नयाँ बसपार्कमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर
काठमाडौं, असोज २३ :

काठमाडौँ महानगरपालिका, महानगर प्रहरी बलले काठमाडौंको नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालनमा ल्याइएको छ ।

दशैको अवसरमा उपत्यकाबाहिर जाने यात्रुहरूको सहजता र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

 यात्रुहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षणमार्फत यात्रुहरूको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

साथै उनले निःशुल्क स्वास्थ्य परिक्षणमा आउने यात्रुहरुलाई कुनै समस्या देखि निशुल्क औषधी बितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार