भक्तपुर, असोज २३ :
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति भएको छ।सरकारका तर्फबाट शिक्षा तथा खेलकुल मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो।
इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर ५ दिनदेखि अनशनरत हरिजनले राखेको मागलाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा लैजाने लगायत तीन बुँदे सहमति भएको छ।
एमबीबीएस अध्ययनरत हरिजन गत साउनमा पनि अनशन बसेका थिए। आफूसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै हरिजनले पुनः अनशन सुरु गरेका थिए। उनी भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनशन बसेका थिए ।