शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थपियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थपियो
काठमाडौं, असोज २३ :

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय दुई घण्टा थप गरिएको  महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई जानकारी गराएको छ ।

यसअघि दिउँसो ३ बजेसम्म तोकिएको थियो । धेरै उम्मेदवार भएका कारण छान्न प्रतिनिधिहरुलाई समय लाग्दा बिलम्ब भएको थियो । लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन् ।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार