काठमाडौं, असोज २३ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय पुनः थप गरी साँझ ७ बजेसम्म पुर्याइएको छ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय पहिलोपटक थप गरी साँझ ५ बजेसम्म पुर्याइएको थियो। उम्मेदवार र मतदान गर्ने मतदाताको सङ्ख्या धेरै भएकाले निर्धारित समयमा मतदान सम्पन्न गर्न कठिनाइ भएपछि पुनः समय थप गरिएको हो।
मतदानको समय दोस्रोपटक थप गरी साँझ ७ बजेसम्म कायम गरिएको नीति प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए।