शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन#मतदानको समय थपियो#तीन बुँदे सहमति#डिल्ली हरिजन#उखु किसान #अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन#मतदानको समय थपियो#तीन बुँदे सहमति#डिल्ली हरिजन#उखु किसान
राजनीति

एमालेले पार्टीको रिक्त पदमा मनोनयन गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एमालेले पार्टीको रिक्त पदमा मनोनयन गर्ने
ललितपुर, असोज २३ :

नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन, तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो । रिक्त पदमा मनोनयन गर्न बिभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ ।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन् । मनोनयनका बिषयमा स्थायी कमिटीका सदस्यहरूले आ-आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताए ।

बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएको सचिव अर्यालले जानकारी दिइन् ।

साथै भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पुर्याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राखेको सचिव अर्यालले उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार