राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताए ।
राष्ट्रप्रतिको जिम्मेवारीलाई हृदयङ्गम गरी सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने बताए ।
आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने उनले बताए।
विद्यार्थीलाई समस्या समाधान, नवीन सोच विकास, प्रविधिको सदुपयोग र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुुपर्नेमा जोड दिँदै राष्ट्रपतिले यसका लागि सरकार, नीतिनिर्माता र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक छ भने ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि
पृथ्वी राजमार्गअन्तर्गत गलौदीमा भासिएको स्थानमा नयाँ डाइभर्सन निर्माणको काम सुरु
लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
राष्ट्रिय परिचयपत्र नभएपनि अन्य कागजपत्रका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सर्वोच्चको आदेश
थप समाचार
पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि