शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार राजनीति

पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
ललितपुर, असोज २४ :

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ ।

निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए । उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ ।


यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगन कुमार थापाले श्याम कृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन् । थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार