भक्तपुर, कात्तिक ९ :
बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०- ८१ मा सम्पादित स्वास्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताउनुभयो । समीक्षा बैठक बुधबार समापन भएको हो ।
भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन