शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चिनियाँ नागरिक#पक्राउ#एकनारायण अर्याल#घरमा प्रहरीले छापा#जग्गा खाली गर्न#सातदिने अल्टिमेटम#त्रिवि#गाँजाखेती नष्ट#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात #चिनियाँ नागरिक#पक्राउ#एकनारायण अर्याल#घरमा प्रहरीले छापा#जग्गा खाली गर्न#सातदिने अल्टिमेटम#त्रिवि#गाँजाखेती नष्ट#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात
समाचार

पूर्वमुख्यसचिव अर्यालको घरमा प्रहरीको छापा, दुईवटा ल्यापटप बरामद

म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
पूर्वमुख्यसचिव अर्यालको घरमा प्रहरीको छापा, दुईवटा ल्यापटप बरामद
काठमाडौं, मंसिर ११ :

पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेर ल्यापटप बरामद गरेको छ। प्रहरीले अर्यालको घरबाट अनुसन्धानका लागि दुईवटा ल्यापटप  नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ। अर्याललाई मंसिर १० गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेर हिजो साँझ काठमाडौं ल्याइएको छ  ।

अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए। मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएको उनीमाथि आरोप छ ।

मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘बायोमेडिकल सर्भिस चार्ज’ (मेडिकल स्क्रिनिङ) का नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट असुल गरिएको थियो। यही प्रकरणमा प्रहरीले दुई जना पूर्वमन्त्रीसहित उच्चपदस्थ कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार