शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रहरी महानिरीक्षक#डा. मनोजकुमार केसी#चिनियाँ नागरिक#पक्राउ#एकनारायण अर्याल#घरमा प्रहरीले छापा#जग्गा खाली गर्न#सातदिने अल्टिमेटम#त्रिवि#गाँजाखेती नष्ट#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति #प्रहरी महानिरीक्षक#डा. मनोजकुमार केसी#चिनियाँ नागरिक#पक्राउ#एकनारायण अर्याल#घरमा प्रहरीले छापा#जग्गा खाली गर्न#सातदिने अल्टिमेटम#त्रिवि#गाँजाखेती नष्ट#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति
राजनीति

प्रहरी उपरीक्षकहरूलाई आईजीपी केसीको निर्देशन : नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनू

नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २५ मिनेट अगाडि प्रकाशित
प्रहरी उपरीक्षकहरूलाई आईजीपी केसीको निर्देशन : नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिनू
काठमाडौं, मंसिर ११ :

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई व्यावसायिक आचरण, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले समसामयिक सुरक्षा चुनौतीको सामना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनका नीतिगत प्राथमिकताअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

महानिरीक्षक केसीले इमानदारी, निष्पक्षता र अनुशासन कायम राख्दै परिणाममुखी कार्यसम्पादन गर्न तथा नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न जोड दिएका थिए । कार्यक्रममा काठमाडौं उपत्यकाबाहिर कार्यरत प्रहरी उपरीक्षकहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार