
काठमाडौँ, साउन २१ :
परराष्ट्र सचिव सेवा लम्साल नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन भोलि (सोमबार) मस्कट जानुहुने भएको छ ।
सचिव लम्साल यही साउन २३ गते मस्कटमा हुने बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँ यही साउन २५ गते स्वदेश फर्किने तालिका रहेको छ ।