
काठमाण्डौँ , कात्तिक १५ :
साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधिका लागि आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रङ्गशालामा आज साँझ ६ः ३० बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जानुहुने कार्यक्रम रहेको छ ।
उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कार वितरण गर्ने जनाइएको छ ।
नेपाल आज उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।