काठमाण्डौं, कात्तिक १५ :

 साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि  बंगलादेशले जितेको छ ।

नेपाल भने फेरि उपविजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा  बंगलादेशले २-१ पराजित गरेसँगै नेपालले उपविजेतामा नै चित्त बुझाउनु परेको हो ।

यो सँगै बंगलादेश लगातार साफ च्याम्पियन बन्न सफल भएको छ ।  अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई नेपालको  मैदानमा ३-१ ले हराएको थियो।