काठमाडौँ, साउन २२ :

काभा नेसन्स वुमन्स लिग अन्तर्गत आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ।

समूह चरणको अन्तिम खेल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल अपराह्न ३ बजे हुने छ। त्यस अघि पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेलपछि मात्रै सेमिफाइलनमा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लाग्नेछ। नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।