बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ
समाचार राजनीति अर्थतन्त्र

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडोभन्दा कार्यान्वयन गर्न आग्रह

· मंगलबार, २१ कात्तिक, २०८१ मा प्रकाशित
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडोभन्दा कार्यान्वयन गर्न आग्रह
काठमाण्डौँ , कात्तिक २१ :

भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन )डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गर्नुभयो ।

प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिनुभएको थियो । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार