
CAN
काठमाडौँ, कात्तिक २२ :
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको खेल अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग खेल्दैछ ।
यूएईमा हुने खेल आज दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा नेपालले भोलि बिहान सवा ११ बजे कुबेतसँग खेल्नेछ ।
तेस्रो खेलमा नेपालले शनिबार यूएइको टोलीसँग खेल्नेछ ।
यस्तै, आगामी आइतबार नेपालले पुनः थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने कात्तिक २७ गते नेपाल र कुबेतबीत दोस्रो खेल हुनेछ ।
यसगरी कात्तिक २८ गते नेपाल र यूएईबीच दोस्रो प्रतिस्पर्धा हुनेछ ।
आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल खेल्नका लागि नेपाल क्रिकेट सङ्घ क्यानले पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।