काठमाण्डौं, साउन २२ :

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने मुख्य गेट अगाडि रहेको ताज होटलमा आगोलागी  भएको छ ।

आगोलागी के कारणले भएको हो भन्ने विवरण प्राप्त भएको छैन ।

अहिले दमकलबाट आगो निभाउने प्रयास भइरहेको स्थानीयले बताएका छन्।