काठमाण्डौँ , कात्तिक २९ :

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।

नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।

फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली हिजो नै डुसानबे पुगिसकेको छ ।