काठमाडौँ, कात्तिक ३० :

काठमाडौँ महानगरपालिकाले इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल, तार र इन्टरनेटको तार हटाएको छ ।
विद्युत् र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै महानगरले अव्यवस्थित रुपमा रहेको पोल र तार हटाएको हो ।
लामो समयको विवादपछि विस्तार गरिएको जुद्ध सालिक इन्द्रचोक फुटपाथको बिचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढाएको बताईएको छ । 
इन्द्रचोकदेखि जुद्ध शालिकसम्म महानगरले फुटपाथ विस्तारको काम थालेको हो । अव्यवस्थित तार तथा पोलले गर्दा नगरको सौंन्दर्य विगारेको भन्दै महानगरले तार हटाउने काम अगाडि बढाएको छ । 
एक डेड बर्ष अघिदेखि नै महानगरले इन्टरनेट प्रदायक संस्थाहरुसंग मिलेर वाईन्डिङ गर्ने काम भईरहेको महानगरको भनाई छ । नेपाल विद्युत प्राधिकरणको सहकार्यमा काठमाडौँ महानगरपालिकाले बिजुलीको पोल तथा तारहरु हटाउने काम गरिरहेको छ ।
काडमाण्डौं महानगरपालिकाको अन्य ठाउमा पनि तार तथा पोल हटाउने कामका लागि अध्ययन भइरहेको महानगरले जनाएको छ ।