कास्की, मंसिर १० :

रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले  अनुमति दिएको छ। 

सहकारी ठगी प्रकरणमा अनुसन्धानकै क्रममा रहेका लामिछानेलाई अदालतले आज १५ दिन म्याद थपेको हो । 

न्यायाधिश हिमलाला वेलवासेको इजलाशले आज सो अनुमति दिएको हो । 

लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पनि हाजिर गराइ वयान लिइएको थियो ।

अझै काठमाडौँ र चितवनमा उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  

यी दुई जिल्लाका अदालतमा पनि लामिछानेलाई ल्याइने जनाइएको छ ।