बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन, त्यसका लागि सरकार छः प्रधानमन्त्री

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन, त्यसका लागि सरकार छः प्रधानमन्त्री
काठमाण्डौँ , मंसिर १२ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।

आज सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको बताउनुभएको छ।

उहाँले मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रहेको तर उपाय, तरिकाहरू पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल नरहेको उदाहरण दिदैँ पछि कर्मचारीहरूको सञ्चयकोष, पेन्सनजस्ता कुराहरूबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार दिन थालेको उल्लेख गर्नुभयो ।

सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर अब अनाथ भएर मैले अभिभावकत्व पाइन् भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।’’

उहाँले अहिलेको सरकार जनताको सरकार भएको बताउनुभयो । सामाजिक न्याय र समानता सहित समृद्धिको यात्रामा हिँडेको सरकार भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार