बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति विदेश

इमरान खानको रिहाईको माग गर्दै समर्थकहरु राजधानी इस्लामावाद प्रवेश

प्रदर्शनकारीहरू डी चोकको नजिक पुगे
· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
इमरान खानको रिहाईको माग गर्दै समर्थकहरु राजधानी इस्लामावाद प्रवेश
काठमाण्डौं, मंसिर १२ :

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै प्रदर्शनको एउटा टोली राजधानी इस्लामावाद प्रवेश गरेको छ ।

अधिकारीहरूले रेड जोनको रूपमा घोषणा गरेको शहरको एक भागमा प्रवेश गर्ने क्रममा सशस्त्र बलले अश्रुग्यास प्रहार गरिरहेको समाचार छ । प्रदर्शनकारीहरू डी चोकबाट करिब ६ किलोमिटर टाढा फैजल एभिन्यूमा पुगेको पीटीआईका एक नेताले बताएका छन् ।

डी चोक इस्लामाबादको सरकारी भवन,सर्वोच्च अदालत र संसद नजिकैको एक प्रमुख बिन्दु हो।

गृहमन्त्री मोहसिन नकवीले डी चोकसम्म पुग्ने प्रदर्शनकारीलाई दण्डित गरिने चेतावनी दिँदै आएका छन् । संसद भवन र अन्य महत्त्वपूर्ण सरकारी भवनहरूलाई  रेड जोन घोषणा गरिएको छ ।

खानले आफ्ना समर्थकहरूलाई अन्तिम विरोध प्रदर्शनको आह्वान गरेपछि यो प्रदर्शन गरिएको हो ।  सरकारले उनीहरूको मागहरू सम्बोधन नगरेसम्म राजधानीमा रहन पनि खानले आह्वान गरेका छन्।

खान भ्रष्टाचारको अभियोगमा तीन वर्षको जेल सजाय काटिरहेका छन् । इस्लामाबादमा लकडाउन गरिएको छ । राजमार्गहरू अवरुद्ध छ र केही क्षेत्रहरूमा मोबाइल र इन्टरनेट सेवाहरू बन्द गरिएका  छन् ।

आइतबारदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।खानकी पत्नी बुशरा बीबी पनि र्यालीको नेतृत्व गर्ने मध्येकी एक हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार